Public Pana
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु, ज्यान गुमाउने भारतीय नागरिक


बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डीडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । 
कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक जनाको शव सिन्धुली अस्पतालमा र तीन जनाको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।
राजमार्गको भीर भएको स्थानमा कार सडकबाट ५०० मिटर तल खसेको थियो। भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update