Public Pana
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । 
 
पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो । 
 
कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 
 
विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो । 
 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update