Public Pana
कोरोना संक्रमणबाट १ जनाको मृत्यु, १०६ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको जनाएको छ । 

पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण भएको छ भने अहिले सक्रिय संक्रमितको संख्या ४६९ जना रहेका मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २ हजार ४३६ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितको भेन्टिलेटर, १३ जनाको आईसीयू र २४ जना आईसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४८ जना निको समेत भएका छन् ।  
 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update