Public Pana
काभ्रेमा पहिरोले एकै परिवारका ३ जनाको मृत्यु

काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराती  करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको वडा अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए। 

ठुलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पताल बनेपा र निर बहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  पहिरोले दुई वटा एक्स्काभेटर समेत पुरिएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा निरबहादुर र सावित्रीको शव निकालिएको हो । 

वडा अध्यक्ष कृष्णबहादुर तामाङले घरसँगै रहेको ढुङ्गा खानीमा दिउँसो एक्स्काभेटर लगाएर ढुङ्गा निकाल्ने काम गरिएको र राती परेको पानीका कारण खानीसँगै रहेको घरको माथिबाट पहिरो आएको स्थानियले बताएका छन् ।

डोजरले जमिन खनेर कमजोर बनाएका कारण खानीसँगै रहेको घरमा राती पहिरो खसेको स्थानिय शिक्षक भुवन थापाले बताए । खानीकै कारण पहिरो गई तामाङको परिवारको मृत्यु भएको भन्दैै स्थानियले आक्रोश व्यक्त गरेका छन् ।  

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update