Public Pana
सभामुख घिमिरेले मागे संसदीय समिति गठन गर्न सांसदको नाम

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदहरूको नाम मागेका हुन् । 

बुधबारसम्म समिति गठन गर्नेगरी तयारी स्वरुप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् । कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा आठजना सांसदको सिट संख्या तोकेको छ । कृषि, महिला र पूर्वाधार विकासमा ९ जना सांसदले प्रतिनिधित्व गर्नेछन्। 
 
मालेले शिक्षामा सातजना र अन्य सबैमा आठजना सिट संख्या तोकिएको छ । माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा तीनजना सांसद र अन्यमा दुई जना सांसदको सिट संख्या तोकिएको छ । 
 
राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा एक जनाले र अन्यमा दुई जनाको सिट संख्या तोकिएको छ । जसपाले सबै समितिमा एक जना, जनमत पार्टीले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र सार्वजनिक लेखामा एकजना र लोसपाले एक सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन्। 
 
नागरिक उन्मुक्ति पार्टीले अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा एक जना सांसदको संख्या तोकिएको छ । 
 
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update