Public Pana
असोज १ गतेदेखि काठमाडौं महानगरमा सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्न निषेध

काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गरेको छ ।

महानगरपालिकाले आज सूचना निकालेरअसोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुता, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्न निषेध गरिएको जनाएको छ ।

काठमाडौँ महानगरपालिका, नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयन गर्ने नीति पारित भएकोले सोको कार्यान्वयन गर्ने उद्देश्यले यो सूचना प्रकाशित गरिएको जनाएको छ ।

सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्नेरगराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

यो सूचनाको उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update