Public Pana
मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो वार्ता हुदै ।

मधेशका आठै जिल्लालगायत देशका विभिन्न जिल्लाबाट न्याय खोज्दै काठमाडौं  आएका मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो । 

newskarkahna-news489181.1681113472.jpg

गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला नेतृत्वको सरकारी वार्ता टोलीसँग हिजो (आइतबार) शान्तिवाटिकामा भएको पहिलो वार्ता निष्कर्षमा नपुगेपछि आज दोस्रोपटक वार्ता हुन लागेको नवीनले बताए। 

वार्तामा मिटरब्याजपीडितका तर्फबाट अवधेश कुशवाहा नेतृत्वको टोली सहभागी हुनेछ।  

‘हामीले हिजो ६ बुँदे माग पेस गरेका छौँ’, मिटरब्याजपीडित वार्ता टोलीका सदस्य नवीनले भने, ‘आज त्यस विषयमा छलफल हुनेछ।’

साहु–महाजनसँग भएका सम्पूर्ण लिखत बदर गरिनुपर्ने, मिटरब्याजलाई अपराध घोषणा गर्ने कानुन बनाउनुपर्नेलगायत माग ६ बुँदेपत्रमा राखिएको उनले जानकारी दिए। newskarkahna-news489180.1681113599.jpg

 न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरूको यो दोस्रो टोली हो। यसअघि महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर आएका मिटरब्याज पीडितका पहिलो टोलीसँग पनि सरकारले वार्ता गरेको थियो। तर त्यसबेला भएको पाँचबुँदे सहमति फितलो भएको भन्दै दोस्रो टोलीले पुनः संघर्ष थालेको हो। पहिलो टोली भने फर्किसकेको छ। 

 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update