Public Pana
सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि बार्ता गर्ने

 मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । 

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच सोमवार पनि बार्ता हुन लागेको हो ।
 
संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए । उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषकाे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ । पहिलो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः सोमवार वार्तामा बस्ने उनले जानकारी दिए ।   
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update