Public Pana
वाग्मती प्रदेशमा नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

बागमती प्रदेशका नवनियुक्त दुई जना  मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

 

 

 

कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा र काभ्रेका सांसद तीर्थ लामा पहिलो चरणमा मन्त्रिपरिषद्‌मा सहभागी भएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिञ्चाईंमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । अब प्रदेश सरकार ६ सदस्यीय भएको छ । अझै ५ वटा मन्त्रालय नेतृत्वविहीन अवस्थामा छन् । 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update