Public Pana
२ करोड मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको छ । 

सो अडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले न्युज कारखानालाई बताए । 

‘हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ उनले भने, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं ।कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’ 

उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update