नेपाली कंग्रेस निकट नेपाल सार्वजनिक सेवा कर्मचारी संघ अपसिनको सातौ अधिवेशनले राजेन्द्र प्रसाद दाहाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
शनिवार राजधानीमा सम्पन्न अपसिनको अधिवेशनले नेपाल टेलिकम वर्कर्स यूनियनका प्रतिनिधी समेत रहेका दाहाललाई निर्विरोध चयन गरेको हो ।
अधिवेसनबाट वरिष्ठ उपाध्यक्षमा प्रमिला ढुंगाना , उपाध्यक्ष हेम दत्त देवकोटा , फणीन्द्र पौडेल , प्रकाशचन्द्र भट्ट , गङ्ग भण्डारी ऎर, जनजाति आदिवासी उपाध्यक्ष प्रताप लामा, मधेशी उपाध्यक्ष अत्ताउल्लाह अन्सारी , दलित उपाध्यक्ष शंकर वि।कलाई चयन भएका छन् ।
यसैगरी महासचिव रमेश प्रसाद जोशी, उपमहासचिव निरजराज जोशी,माया ढकाल नेपाल, नर बहादुर कुँवर, धर्मराज न्यौपाने , उपमहासचिव महिला कमला न्यौपाने , कोषाध्यक्ष पुण्यप्रसाद बख्रेल, सहकोषाध्यक्ष बबिता उपाध्याय निर्विरोध चयन भएका छन् ।