Public Pana
चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष, पाँच वर्षपछि लागू हुने

अबकाे ५ वर्ष पछि चिकित्सकहरुले ७० वर्ष कटेपछी अध्ययन/अध्यापनमा समेल हुन नपाउने भएका छन्।

चिकित्सा शिक्षा आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धि मापदण्ड २०७९’मा उक्त प्रावधान राखिएको छ।

नयाँ मापदण्डको १४ नम्बर बुँदामा शिक्षक (फ्याकल्टी) को उमेर सम्बन्धी व्यवस्थामा अन्यत्र जेसुकै लेखिएको भए तापनि यो मापदण्ड लागू भएको पाँचबर्ष पछि चिकित्सा शिक्षा क्षेत्रमा कार्ययरत सबै बिधाका शिक्षकको (शिक्षक/फ्याकल्टी) को उमेर ७० बर्ष भन्दा बढी नहुने उल्लख छ। 

चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले 'उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९' तयार पारेको हो।

यसअघि भने शिक्षकको उमेर हद डेण्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएकाे छ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update