Public Pana
अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

 म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै  एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ । 

हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । 

उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ । एयर डाइनेस्टी फर्केपछि घटनाको थप विवरण प्राप्त हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update