Public Pana
ह्याम्सको छतमा दुर्घटनाबाट जोगियो हेलिकप्टर


धुम्बाराहीरस्थित ह्याम्स अस्पतालको छतमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटना हुनबाट जोगिएको छ ।
     
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि दुर्घटना हुनबाट जोगिएको हो । घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 
ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन् ।
     
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ ।
     
हेलिकप्टरको अहिले प्राविधिकले मर्मत गरिरहेका छन् । दुर्घटनामा कुनै पनि क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update