Public Pana
संसद भवन अगाडी फेरी आत्मदाह प्रयास, प्रहरीको सक्रियताले ठुलो दुर्घटना टरयो


नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

प्रहरीले समयमै उद्धार नगरेको भए आत्मदको घटना फेरी दोहरिन सक्ने थियो । यसअघि प्रेमप्रसाद आचार्यले आर्थिक समस्या कारण सोही ठाँउमा आत्मदाह गर्दा उनको मृत्यु भएको थियो ।

उक्त घटनाले देशव्यापी रुपमा तरग्ं पैदा गरेको थियो भने सरकारले छानविन समिति बनाउनु परेको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update