Public Pana
सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक

निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।

बुधबार नै राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ।

सर्वोच्चका न्यायाधीश नआउने भएपछि बिहान ८ बजेदिखि बस्ने भनिएको बैठक दिउँसो १ बजेदेखि बस्ने भएको समितिका सचिव लक्ष्मी प्रसाद गौतमले जनाकारी दिए।

संसदको महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि आज बोलाएको थियो।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायधिश, पूर्वन्यायधिश लगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको थियो ।

यसअघि बयानका क्रममा जबराले आफुलाई महाभियोग लगाउनुको कुनै औचित्य पुष्टि हुन नसक्ने भन्दै बिभिन्न व्यक्तिहरुको नाम लिएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update