Public Pana
नेपालमा ९९ कोरोना संक्रमित थपिए


नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।
शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चार जना आइसीयु तथा एक जना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update