Public Pana
सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा

संघीय सरकारले पहिचनवादीको आन्दोलनका क्रममा घाइते भई सहादत प्राप्त गरेका पदम लिम्बू (लाजिहाङ)लाई शहीद घोषणा गरेको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो । 

बैठकले लिम्बूको परिवारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।  गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनमा क्रममा भएका लिम्बूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

यसअघि कोशी प्रदेश सरकारले लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update