Public Pana
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी , गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ भने राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको पनि संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो को कारणले पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरोको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सभावना रहेको छ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update