Public Pana
मस्जिदको बिषयमा कुटाकुट,दुई जना गम्भीर


सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको बिषयलाई लिएर कुटाकुट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ईस्लाम मियाको शरिरको बिभिन्न भागमा चोट लागेको र स्थानीय मो. फरसुदको छोरा ११ वर्षीय मो. अजादको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update