Public Pana
सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान

प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । 

अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने सभामुख घिमिरेले बताए । 

‘आकस्मिक समयमा तीन मिनेट समय उपलब्ध गराउने गरी नियमावली बनाइएको छ । यो समयमा अघिल्लो बैठकबाट यो बैठकसम्मका जरुरी घटनाका विषयमा धारणा राख्न पाइनेछ,’ सभामुख घिमिरेले भने । 
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update