Public Pana
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय

 १० दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बिहीबार बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । 

उनका अनुसार बैठकमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको छ । यद्यपि, केही सुझाव भए बेलुका ५ बजेसम्म दिन भनिएको र ५ बजे सार्वजनिक गर्ने सहमति भएको उनले बताए । 

गठबन्धनले गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्न बिहीबार बैठक बसेको हो । 

सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न कांग्रेस कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाइएको थियो । उक्त कार्यदलले तयार पारेको कार्यक्रमलाई अनुमोदन गर्न बिहीबार शिर्र्षनेताहरुको बैठक बसेको हो । 
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update