Public Pana
परराष्ट्रमन्त्री खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

 

काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । 

 

एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । 

 

बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

 

 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update