Public Pana
उपसचिव र अधिकृतलाई व्यक्तीगत विवरण अध्यावधिक गर्न निर्देशन


राष्ट्रीय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो व्यक्तीगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ। कर्मचारीको सरुवा, वढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमामात्र गर्ने सरकारको तयारीपछि कितावखानाले यस्तो सूचना जारी गरेको हो। 
धेरैजसो कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा वढुवाको विवरणसमेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागीएको राष्ट्रीय कितावखानाका  महानिर्देशक डा. टोकराज पाण्डेले बताए। 'निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको हो,' महानिर्देशक पाण्डेले भने। 
उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीकोपनि व्यक्तीगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ। धेरै ठाउमा सरुवा भइसकेका कर्मचारीको पिन पुरानै विवरण रहेकेले यस्तो सूचना जारी गिरएको कतावखानको भनाइ छ।  
विवरण अद्यावधिक गर्न कितावखानाको वेभसाइडमा रहेको इमेल मार्फत वा स्वय कागजात लिइ पुल्चोकस्थित कार्यालयमा गइ विवरण अवधिक गर्न सकिने कितावखानाले जनाएको छ। हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिव ७ हजार कर्मचारीहरु कार्यरत रहेका छन्। 
यसअघि कितावखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरीसकेको छ। सघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तीगत विवरण अधावधिक गर्न लाग्नुलाई महत्त्वपृर्ण कामका रुपमा हेरिएको छ।
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update