Public Pana
रवि लामिछानेको उमेदवारी कायम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ उमेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारीविरुद्ध परेका तीन उजुरी खारेज गर्दै उमेदवारी कायम भएको जनाएको हो । 

लामिछानेको उमेदवारीविरुद्ध बुधबार ४ वटा उजुरी परेका थिए । सोमध्ये तीनवटा खारेज गरिएको छ भने युवराज पौडेल (सफल)ले दिएको उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण माग गरेको छ । 

स्पष्टीकरणको जवाफ आएपछि निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update