Public Pana
चोलेन्द्रको बयानमा पूर्वन्यायाधीशको आपत्ति, भागबण्डा खोजेको तथ्य पुष्टि गर्न चुनौती

पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको सन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

 

press note1663154072.jpgफोरमले निलम्बित प्रधानन्यायाधीश राणाले पूर्वन्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको बयानप्रति आपत्ति जनाएको हो। 

आफूमाथि लगाएको महाअभियोगको आरोपपत्रका सम्बन्धमा सफाई पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दावी गरेका छन् । न्यायालयको शुद्धि र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पुयाउने उद्देश्यले कानुन बमोजिम दर्ता भई कार्यरत संस्थामा आवद्ध पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी उनले बयान दिएको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ।’ 

 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update