स्वास्थ्यमा सुधार
अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भएका छन् ।
गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमुनि पेट र बाँया कोखा दुख्ने समस्या भएको र निको भएपछि बुधबार डिस्चार्ज गरिएको हो । राष्ट्रपति पौडेल अस्पतालबाट राष्ट्रपति भवन शीतल निवास गएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १६:००
प्रतिक्रिया दिनुहोस्