Public Pana
सरकारले दुई दिनभित्र पूर्णता पाउने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो । 

सातौँपटक पुनर्गठन हुँदा पनि सरकारले पूर्णता नपाएपछि आलोचित बनेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका हुन् । 

माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने जानकारी दिएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update