Public Pana
पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्त्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन् ।  । बुधवार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘‘नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको छ । मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्त्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ ।’’

 सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको छ ।

दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको जिकिर गरे ।

 नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको रहेको भन्दै प्रधानमन्त्री देउवाले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । 

 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update