Public Pana
राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित

 राष्ट्रिय सभाले मंगलबार दुईवटा विधेयक पारित गरेको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको राष्ट्रिय सभा बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई पारित गरेको हो । 

राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ ।

राष्ट्रिय सभाको अर्को बैठक २७ चैत सोमबार दिउँसो १ः०१ बजे बस्नेछ।
 
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update