Public Pana
राष्ट्रिय सभा बैठकमा मोबाइल चलाएपछि...

सदन चलिरहँदा सांसद उपस्थित नहुने र उपस्थित भए पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ । 

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष   गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन आग्रह गर्नुपरेको छ । 
 
बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने धारणा राखिरहँदा अर्का एक सदस्यले मोबाइल चलाएको अध्यक्ष तिमिल्सिनाले थाहा पाए । त्यसपछि उनले मोबाइलन चलाउन आग्रह गरे । 

अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस् ।’  
 
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update