Public Pana
धन, पद, कद दिएर र लोभाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । 

सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए । तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर देशको  सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको भनाइ छ । 

परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने बताउँदै पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झी हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताए । 

CCD2C7AA-009B-4021-8CDE-E62F4C6E1D551680520304.jpeg
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update