Public Pana
रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोली सुनुवाई हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ । 

महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा सोमबार दर्ता भएको हो । 

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनको अध्ययनपछि सोमबार सर्वाेच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update