Public Pana
महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ। आजको बैठकमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय गर्ने बताइएको छ। 

बैठक बिहान ९ बजे बोलाइएको छ। जबरालाई पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा समितिका सदस्यहरुबीच विवाद छ। 

आजको समितिको बैठकले पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा टुंगो निस्कर्ष निकाल्नेछ।

जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update