Public Pana
राजस्थानसँग हैदराबाद ७२ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो । राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायाे । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बाेल्टले २ विकेट लिए ।  यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेकाे राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४/५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २/२ विकेट लिए । याे जितसँगै राजस्थान २ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । पराजय भोगेको हैदराबाद तालिकाकाे पुछारमा छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update