Public Pana
राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सुधारोन्मुख,  रिपोर्ट हेरेर साँझसम्म डिष्चार्ज गर्न सकिने चिकित्सकको भनाई

स्वास्थ्यमा समस्या आएर शिक्षण अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सुधारोन्मुक रहेको चिकित्सकले बताएका छन् ।

पेटमा समस्या आएर हिजो साँझ भर्ना भएका पौडेललाई हाल चिकित्सकीय निगरानीमा राखिएको र केही परीक्षण् गरिएको छ ।

हालसम्मको रिपोर्ट अनुसार गम्भीर समस्या केही नदेखिएपनि थप परीक्षण गरी उहाँलाई डिष्चार्ज गरिने उपचारमा खटिएका एक डाक्टरले जानकारी दिए । यद्यपी अस्पतालले बिज्ञप्ती जारी गरी ‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भएपनि हाल चिकित्सकीय निगरानीमा रहेको जनाएको छ । उहाँको सवै ल्याव रिपोर्ट आएपछि अस्पतालले डिस्जार्चवारे निर्णय गर्ने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update