Public Pana
कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update