Public Pana
उपचुनावअघि सरकारमा जादैनौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् ।

उनले शनिबार भएको पत्रकार सम्मेलनमा उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।
"हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन ।

हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ," उनले भने ।
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update