Public Pana
तनहुँमा खनाल र चितवनमा न्यौपानेलाई उम्मेदवार बनाउने  एमालेको निर्णय

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ मा पुर्व आइजिपी सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ। 
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले तनहुँ क्षेत्र नम्‍बर १मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
यसअघिको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव हारेका खनाललाई एमालेले उपनिर्वाचनमा फेरी उमेद्वार बनाएको हो ।  
तर बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि भने कसलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छैन। 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update