Public Pana
चुनावमा ठुला दलले टिकट किनबेच गर्ने गरेको डा. वाग्लेको आरोप

कंग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीमा रहेका डा. स्वर्णीम वाग्लेले‘खर्चिलो चुनाव र महंगो टिकटको लगानी उठाउनेतिर ध्यान जाँदा समृद्धि छायाँमा  परेको दावी गरेका छन् । नेतत्वको हस्तक्षेपकारी नीतिले चुनावमा टिकट खरिद बिक्रि गरेर फगत लोकतन्त्रको अभ्यास भइरहेको समेत वाग्लेको दाबी थियो । 

रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको आरोप लगाए ।

हामी पाँच-पाँच वर्षमा कर्मकाण्डी चुनाव नै लोकतन्त्र भनिरहेका छौं’, उनले भने, ‘पुराना पार्टीहरुमा टिकटको किनबेच हुन्छ । हाम्रोमा सभापतिको हस्तक्षेप भएन । हामी प्राइमरी चुनाव जितेर आयौं, पार्टीभित्रको प्राइमरी चुनाव कुशासन तोड्ने प्रमुख अस्त्र हो ।

वाग्लेले आफू छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा लागेको बताए । यस्तै नयाँ राजनीतिक युग सुरू गर्ने संकल्प लिएर आएको पनि उनले बताएका छन्।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update