Public Pana
राजेको मन्त्रालय नपाएपछि  सिके राउतको पार्टी सरकारबाट बाहिरियो, खानेपानी मन्त्रीको राजीनामा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको झोकमा जनमत पार्टीले  सरकार छाडेको छ ।  खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफुलाई पहिले आश्वासन अनुसार मन्त्रालय नदिएको भन्दै राजीनामा बुझाएका हुन । 

शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्।  

जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि पार्टी अध्यक्ष सिके राउतको निर्देशनमा मन्त्री खानले राजीनामा दिएका हुन । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update