Public Pana
शेखर कोइरालाको असन्तुष्टीपछि कंग्रेसका ४ मन्त्रीले मात्र आज सपथ लिँदै,मन्त्रालय समेत फेरवदल गरियो

शेखर कोइराला समुहले भागबण्डामा असन्तुष्टी जनाउँदै मन्त्रीको नाम नदिएपछि सभापति प्यानलका ४ जनाले मात्र आज कंग्रेसबाट सपथ लिने भएका छन् । 
पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।
कंग्रेस स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् ।

उद्योगमा रमेश रिजाल र सीता गुरुङलाई शहरी विकासमन्त्री बनाउन कंग्रेस सभापति देउवाले प्रधानमन्त्रीलाई पत्र दिएका छन् । 

कांग्रेसले ८ मन्त्रालय पाएपनि  शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको सपथ रोकिएको देउवा निकट एक नेताले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update