Public Pana
सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु


बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । राजापुरतर्फ गइरहेको बस र गुलरियातर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ । 
भे १ ख २२५४ नम्बरको बस र भे ४ प ५६४७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पछाडि बसेकी ठाकुरबाबा नगरपालिका ९ कि २६ वर्षीया सरिता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो । प्रहरीले बस चालक तेजमान थारु र बसलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update