Public Pana
पार्टी छोडेको स्वर्णीम  वाग्लेको मोवाइल म्यासेजबाट कंग्रेसमा तरङ्ग, धेरै दुखी,  केही नेता खुसी

अर्थशास्त्री एवं अन्तराष्ट्रिय जगतमा राम्रो छबी बनाएका स्वर्णीम वाग्लेले कंग्रेस पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीका नीति निर्माण र योजनामा सक्रिय हुँदै आएका वाग्लेलाई कंग्रेसले खासै महत्व नदिएपछि बिरत्तिएर उनले पार्टी छोडेको घोषणा मोवाइल म्यासेज मार्फत गरेका छन् ।

उनले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र आफ्नो निकट रहेका नेता डा. गोविन्दराज पोखरेललाई म्यासेज गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन । 

वाग्लेको मोबाइल सन्देशपछि कंग्रेसमा तरङ्ग पैदा भएको छ । हुँदासम्म महत्व नदिएको र अहिले पार्टी छोडेपछि आत्तिएका कंग्रेसका केही नेताहरु वाग्लेलाई फकाउन प्रयासमा रहेको एक नेताले जानकारी दिए ।

आफ्ना सहकर्मी डा. पोखरेलसँग सम्पर्कमा रहेपनि अन्य नेताहरुसँग वाग्लेले संवाद गर्न नचाहेको बुझिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा तनहुँ १ बाट चुनाव लड्ने तयारीमा रहेको स्रोतको भनाई छ ।

अन्तराष्ट्रिय दातृ निकायसँग निकै राम्रो सम्बन्ध बनाएका वाग्लेको बहिर्गमनपछि कंग्रेसमा ठुलो क्षति पुगेको कतिपय नेताहरुले बताएका छन् ।

यद्यपी पार्टीमा बिज्ञता नभएर पनि बिगतमा मन्त्री बनेका केही नेताहरु भने वाग्लेको बहिर्गमनपछि पुलकित बनेको कंग्रेसका  एक नेताले बताए । वाग्लेको बहिर्गमनपछि उनीसँगै नकिज भएर लामो समयदेखी सहकार्य गर्दै आएका योजना आयोगका पुर्व उपाध्यक्ष डा.गाविन्दराज पोखरेल पनि पार्टीबाट बाहिरिने हुन कि भन्ने चर्चा कंग्रेस वृतमा चलेको छ ।

पार्टीमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाकै कारण वाग्लेले पार्टी बहिर्गमनको निर्णय लिएको सन्देश नेताहरुलाई दिएका छन् ।

युवा पुस्ता र अन्तराष्ट्रिय जगतमा छुट्टै ख्याती आर्जन गरेका वाग्लेलाई गएको संसदीय निर्वाचनमा पार्टि सभापति  र उनकी पत्नी राणालाई केही कंग्रेसी नेताहरुले कुरा लगाएकै भरमा टिकट दिनबाट बन्चित गरिएको थियो ।

कंग्रेसका एक पाका नेताले पव्लिक पानासँग भने, रामचन्द्रजी पार्टिमा हुँदासम्म सभापतिलाई खवरदारी गर्नुहुन्थ्यो त्यतिबेला अलि अलि सवैलाई मिलाएर जाने कुरा हुन्थ्यो, अव उहाँलाई राष्ट्रपति बनाएर देउवा झनै शक्तिशाली भए, अब उनको परिवारलाई जो प्रिय लाग्छ उसले अवसर पाउने हो , अरु त अव त्यस्तै हो । 

वाग्लेको बहिर्गमनवारे राष्ट्रपति रामचन्द्र पौडेलले समेत चासो राखेको बुझिएको छ । 

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update