Public Pana
भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा जाँदा सीमा अतिक्रमणको विषयमा बोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन् । 

तर, प्रधानमन्त्री प्रचण्डले भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न नसक्ने ओलीको दाबी छ । सीमा अतिक्रमणका विषयमा बोल्दा सरकार ढल्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नेपाली भूमिमाथिको दाबेदारी प्रस्तुत नगर्ने अध्यक्ष ओलीले बताए । 

प्रधानमन्त्री विदेश (भारत) भ्रमण जान लागेको बताउँदै अध्यक्ष ओलीले सो क्रममा नेपालको भूमिमाथिको दाबेदारी प्रस्तुत गर्न सुझाव दिए । साथै उनले भारतबाट अतिक्रमण भएको नेपाली भूमिबारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update