Public Pana
रुसमा नेपाली विद्यार्थी समस्यामा पर्न थालेपछि दूतावासले भन्यो–प्रलोभनमा नपर्नुहोला

 

रुसस्थित नेपाली दूतावासले रूपमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरूलाई विभिन्न प्रलोभनमा नपर्न आग्रह गरेको छ । रसियामा आकर्षक रोजगारीको अवसर रहेको, रसियाबाट सजिलै यूरोप वान सकिने लगायतका विभिन्न प्रलोभनमा पार्ने क्रम बढेको भन्दै त्यसको पछि नलाग्न दूतावासले आग्रह गरेको हो । 

रूसी महासंघ आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन (प्रलोभन)मा नपर्न  दूतावासले सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ । नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरू मार्फत स्टुडेण्ट भिसामा रसिया जाने विद्यार्थीबाट मोटो रकम लिइरहेको भन्दै बुझेर मात्र आउन आग्रह गरेको छ । केही विद्यार्थी सम्पर्कविहीन भएको तथा केही मानसिक समस्या समेत परेको भन्दै सजक हुन अनुरोध गरेको हो । 

दूतावासले समस्या बढ्दो क्रममा रहेपछि सहजीकरणका लागि सम्पर्क अधिकारी तोकेको छ । कुनै समस्या परेको खण्डमा वा सहजीकरणको लागि ति व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

r1_gyqfZlHQKd1663085668.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update