Public Pana
सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिच बार्ता आज

 नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका बिचमा आज बार्ता हुदैँछ ।  
पीडितको माग सम्वोधनका लागि सरकारद्धारा गठित समिति र मिटर ब्याज पीडित समुहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् ।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । बिहिवार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन ।
 
सो समितिमा शर्माकाे नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update