Public Pana
एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा

 नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रिय नेताले दिएको राजिनामा स्विकृत गरेको छ । 

आज अपरान्ह बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रिय नेताको राजिनामा स्विकृत गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यध केदार न्यौपाने र स्थायी कमिटि सदस्य चुणामणी जंगलीले दिएको राजिनामा स्विकृत गरेको हो । 

यसैगरी, बैठकले मिटर ब्याँज पीडितहरुले गरेको आन्दोलनको समर्थन गर्दै सरकारलाई उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update