Public Pana
नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका छन् ।

बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकार व्यवस्थित रुपमा बाँडफाँट गरेको र यसको  ठिक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका हुन् । 

 

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update