Public Pana
सरकारको न्युनतम कार्यक्रम मस्यौदामाथी आज छलफल हुने

सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा पेश भएको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामाथी आज छलफल हुने भएको छ ।

प्रधानमन्त्री निवासमा आज बस्ने भनिएको बैठकमा उक्त मस्यौदामाथी छलफल गरि अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।

यसअघि हिजोप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा बैठकमा पेश गरेका थिए । 

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने कंग्रेस नेता रमेश लेखकले जानकारी दिए

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update